स्कारपियो दुर्घटना हुदा दुई जना घाईते
डडेल्धुरा । धनगढीबाट पाटन तर्फ आउदै गरेको बा.१८ च ९६३६ स्कारपियो आज डडेल्धुरा सदरमुकाम नजिकै रानीधारमा दुर्घटना भएको छ । सवार स्कारपियो सडकबाट झण्डै दुईसय मिटर तल खसेर दुर्घटना भएको हो । आज दिउसो ठिक ५ः३० बजे दुर्घटना भएको छ भने गाडीमा सवार दुईजना घाईते भएका छन ।
दुर्घटनामा पाटन नगरपालिकाका हिमाल बिष्ट घाईते भएका छन भने सवारी चालक ड्राईभर घाईते भएका छन । घाईते दुबैको उपचार डडेल्धुरा अस्पताल डडेल्धुरामा भईरहेको डडेल्धुराका प्रहरी नायब निरिक्षक चन्द्रसिह धामीले बताउनुभयो । दुर्घटना के कसरी भयो यस बिषयमा अनुसन्धान भईरहेको जानकारी दिदै प्रहरी नायब निरिक्षक धामीले सवार गाडी पुर्णरुपमा क्षती भएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्