सीपीएल टी–ट्वान्टी क्रिकेट खेल्न सन्दीप लामिछाने वेष्ट इन्डिज प्रस्थान

अजय वम
काठमाडौँ । नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप लामिछाने वेष्ट इन्डिज प्रस्थान गरेका छन् ।
क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी –(ट्वान्टी क्रिकेट खेल्नका लागि सन्दीप बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
कोरोना भाइरसको महामारीको कारण ठप्प बनेको हवाई उडानको कारण सन्दीपले प्रतियोगिता गुमाउने प्रवल सम्भावना रहेको थियो । तर, अन्तिम समयमा चार्टर्ड फ्लाइटमार्फत उनी प्रतियोगिता खेल्न गएका हुन् ।
सन्दीप दक्षिण कोरिया र अमेरिका हुँदै वेष्ट इन्डिज पुग्ने छन् । सन्दीप आईतबार मात्र वेष्ट इन्डिज पुग्नेछन् । त्यहाँ पुगेपछि सन्दीप १४ दिनको क्वारेन्टिनमा बस्नेछन् ।
यस सिजन सन्दीपले जमैका तलावाजबाट खेल्ने छन् । उनी तेस्रो सिजन सीपीएल खेल्न लागेका हुन् ।








प्रतिक्रिया राख्नुहोस्