तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले कालिकोटमा थप चार जनाको मृत्यु, मृत्यु र बेपत्ता हुनेको संख्या २१ पुग्यो


कालिकोट । केही दिनदेखिको अविरल वर्षाका कारण बाढी र पहिरोमा परि बेपत्ता र मृत्यु हुनेको संख्या कालिकोटमा २१ पुगेको छ । कालिकोटको सान्नीत्रिर्बेणी ६ मा पर्ने लाटेखोलामा आएको बाढीले घर भत्किदा शुक्रवार बिहान कालिकोटको सान्नीत्रिर्बेणी–६ मा दुई जनाको मृत्यु भएको हो ।

बाढीले घर बगाउँदा सोही वडाकी वर्ष ३० की तारा संज्याल र ५५ वर्षका परशुराम संज्यालको मृत्यु भएको हो । बिहीबार बेलुका महावै गाउँपालिका–७ मा पहिरोले घर भत्किदा दुई जनाको मृत्यु भएको छ । चार जना वालक घाइते भएका छन्। महावै गाउँपालिका कोटवाडा गाउँमा बुधवार दिउसो घर माथि वाट पहिरो आउँदा घर पुरिएर महावै गाउँपालिका ७ का सुर्ज महताराका छोरा १० वर्षीय गणेश महतारा र टेकराज भण्डारीका ५ वर्षिया छोरी भावना भण्डारीको मृत्यु भएको कालिकोट प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ४ जना बालबालिका गम्भीर घाईत भएका र उनीहरूको जिल्ला अस्पताल मान्ममा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था गम्भीर रहेको छ । यसै गरी कालिकोटमा पहिरोले ठुलो मानवीय क्षति भएको छ ।

सोमवार नरहरिनाथ गाउँपालिका ७ र ४ मा पहिरोले घर पुरिदा ९ जनाको मृत्यु भएको थियो भने आइतबार नरहरिनाथ ८ का १६ वर्षीय पारस भण्डारा, र रास्कोट नगरपालिका १ का ७ जना र खाडाचक्र ५ कि अविसरा शाही बेपत्ता भएका थिए । बाढी र पहिरोले ठाउँठाँमा सडक र पुल बगाएकाले आवतजावत पनि कठिन भएको छ । वर्षाले पहिरो जाँदा सुर्खेत जुम्ला राजमार्ग र कर्णाली करिडोर पनि अवरुद्ध भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button