कैलालीमा थप एक जना बेपत्ता, २ हजार विस्थापित
धनगढी । कैलालीमा आज बाढीले बगाउँदा थप एक जना बेपत्ता भएका छन् । बाढीले बगाएर जानकी गाउँपालिका २ का ५४ वर्षीय कोविराम सुनार बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो । उनको खोजी कार्यमा प्रहरी टोली खटिएको उहाँले जानकारी दिनुभयो । योसंगैै बाढीले बगाएर बेपत्ता हुनेको संख्या चार पुगेको छ । हिजो भजनी नगरपालिका क्षेत्रका तीन जना बाढीमा बेपत्ता भएका थिए ।
यसै गरी कैलालीमा बाढी र डुबानमा परि करिब २ हजार परिवार विस्थापित भएका छन् । बाढी प्रभावित परिवारको तथ्याङ्कलाई हेर्दा विस्थापितको संख्या करिब २ हजार रहेको सूचना अधिकारी जोशीले जानकारी भयो ।
काडा, पथरैया, कान्द्रा नदीको बाढी बस्तीमा पसेपछि भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, टिकापुर नगरपालिका र जानकी गाउँपालिका अधिकांश क्षेत्र डुबानमा परेको थियो ।








प्रतिक्रिया राख्नुहोस्