तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा बाढी पीडित परिवारलाई राहत वितरण

धनगढी । कैलालीमा बाढी पीडित परिवारलाई राहत वितरण कार्य सुरु गरिएको छ । बस्तीमा बाढी पसेपछि उद्धार गरी हुलाकी राजमार्ग र विद्यालयमा राखिएका बाडीपीडित परिवारलाई स्थानीय तहले राहत वितरण सुरु गरेका हुन् ।
भजनी नगरपालिका प्रमुख शेरबहादुर चाैधरीले बाढी पीडित परिवारलाई दाल, चामल, त्रिपाल जस्ता राहत वितरण गर्न सुरु गरिएको बताउनुभयो । यति वेला पुरै नगरपालिका टिम बाडीपीडितको राहत तथा व्यवस्थापनमा लागिपरेको उहाले बताउनुभयो ।
बाढी प्रभावित जोशीपुर गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरीले बाढी र डुबानमा परेका घरपरिवारलाई प्रारम्भिक चरणमा राहत सामाग्री वितरण थालिएको बताउनुभयो । उहाँले बाढीले घरमा भएका खाधन्न लगायतका सामाग्री भिजाएर क्षति पुर्‍याएपछि गाउँवासी थप समस्यामा परेको बताउनुभयो ।
कैलालीमा बाढी र डुबानमा परि भजन नगरपालिका, जोशीपुर गाउँपालिका, टिकापुर नगरपालिका र जानकी गाउँपालिकामा गरी ६ हजार ३ सय २० परिवार प्रभावित भएको स्थानीय प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी प्रभावित सबैको तथा प्राप्त भएकाले अहिले बाढीबाट विस्थापित परिवारको यकिन तथा सङ्कलन कार्य भइरहेको बताउनुभयो । हिजो बाढीमा बगेर बेपत्ता भएका भजनी नगरपालिका ८ का तीन जनाको खोजी कार्यमा प्रहरी लागि परेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button