बाँकेमा आइतबारदेखि तीन दिन पूर्णरुपमा निषेधाज्ञा
नेपालगञ्ज । बाँकेमा आइतबारदेखि तीन दिन पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ ।
जिल्ला स्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) को आज बसेको आपत्कालीन बैठकले समुदायमै कोरोना फैलिएपछि बाँकेमा आइतबारदेखि तीन दिन पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।
राजश्व कार्यालय नेपालगञ्जका ११ जना कर्मचारीसहित आज २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिसीएमसीको आकस्मिक बैठक बसेको थियो ।








प्रतिक्रिया राख्नुहोस्