तपाईँ सुन्दै हुनुहुन्छः

मनसुनी प्रभाव कायमै, यी ठाउँहरूमा हुनेछ वर्षा

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। नेपालको पुर्वि तराई भू(भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ । देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेशको एकर दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती पनि देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बागमती प्रदेश,गण्डकी प्रदेश र प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको तथा प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १,बागमती प्रदेश र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू(क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button