दाङमा कुलाले बगाउँदा बालकको मृत्यु
तुलसीपुर । दाङको मनिकापुर स्थित मचोट कुलाले बगाउँदा एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–२ मनिकापुर निबासी घनश्याम भण्डारीका ढाई बर्षका छोरा अनमोल भण्डारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
खेल्ने क्रममा घर नजिकै रहेको मचोट कुलाले बगाउँदा बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डमबर पालले जानकारी दिनुभयो । बुधबार साढे ६ बजे हराएका बालकको खोजी गर्ने क्रममा राति साढे नौ बजे करिब ४ किलोमिटर दक्षिण पहलुवामा मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।








प्रतिक्रिया राख्नुहोस्