तपाईँ सुन्दै हुनुहुन्छः

सम्बन्ध चिसिएसँगै जर्मनमा रहेका १२ हजार सैनिक फिर्ता गर्दै अमेरिका

काठमाडौं । जर्मनीसंग सम्बन्ध चिसिदै गएपछि अमेरिकाले जर्मन स्थित आफ्ना १२ हजार सैनिक फिर्ता बोलाउने भएको छ ।

रुसबाट यूरोपेली संघलाई हुने सुरक्षा जोखिमलाई सम्बोधन गर्न जर्मनीमा राखिएका ३६ हजारमध्ये हाललाई १२ हजार सैनिक फिर्ता बोलाउने अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले घोषणा गर्नु भएको हो ।

अमेरिका सहित यूरोपेली संघ सम्मेलित उत्तर एटलान्टिक सन्धि संगठन नेटोेको सैन्य खर्चमा जर्मनिले आफ्नो खर्च नब्यहोरेको आरोप ट्रम्पले धेरै अघिदेखि नै लगाउदै आउनु भएको थियो ।

फिर्ता बोलाईएकामध्ये ६ हजार ४ सय सैनिक अमेरिका फर्कने र ५ हजार ६ सय सैनिक अन्य नेटो मुलुकमा तैनाथ गरिने अमेरिकी रक्षा मन्त्री मार्क एसपरले बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button