तपाईँ सुन्दै हुनुहुन्छः

मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरिवाना

झापा । झापामा मास्क नलगाउनेलाई एकसय रुपैयाँ जरिवाना गरिने भएको छ । कोभिड १९ संक्रमण व्यवस्थापन समिति झापाको आज बसेको बैठकले विहीबारदेखि लागू हुने गरी सो निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईका अनुसार मास्क नलगाई एक स्थानबाट अर्काे स्थानसम्म हिँडडुल गर्ने, मास्क नलगाई भेलामा जम्मा हुने व्यक्तिहरुलाई संक्रामक रोग ऐन २०२० को दफा–३ बमोजिम एक सय रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ ।
जरिवाना रकम राजश्वमा दाखिला गरिने भएको छ । मास्क लगाए–नलगाएको हेर्न अनुगमनमा खटिने प्रहरीलाई जरिवाना असुली रसिद दिने बताइएको छ ।

त्यसको कार्यान्वयनका लागि प्रचारप्रसार र माइकिङ गरिने बताउँदै उहाँले त्यसपछि टीम बनाएर प्रहरी परिचालन गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button