११ वर्षपछि अभियुक्त पक्राउ
जनकपुरधाम । डाका तथा हातहतियार मुद्दामा अदालतद्वारा दोषि ठहर भई फरार रहेका दुई जना अभियुक्तलाई धनुषा प्रहरीले पक्राउ गरेर आज सार्वजनिक गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नंं ८ घर भएका जीवनाथ चौधरीको घरमा डकैति कार्यमा संलग्न रहेका धनुषाको नगराईन नगरपालिका वडा नंं ७ वस्ने भरत झालाई २ नम्बर पयदयेश प्रहरी कार्यालय र धनुषा प्रहरीका प्रहरी नायव निरीक्षकको कमाण्डमा खटेका टोलीले ११ वर्ष पछि पक्राउ गर्नमा सफल भएका छन् ।
नीजलाई धनुषा जिल्ला अदालतले डाँका मुद्धामा दोषि ठहर गर्दै ६ वर्ष कैद, ९ लाख ४५ हजार ४ सय ५० रुपैया जरिवाना तोकेकोमा फरार रहेकोमा खोजतलास गर्ने क्रममा आज नीजको घरवाट पक्राउँ गर्नमा सफल भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनु भएको छ । झाले चौधरीको घरमा २०६५ साल ५ महिना १५ गते डाका गरेका थिए ।
साथै प्रहरी प्रतिबेदनले बादि नेपाल सरकार प्रतिबादि जिल्ला महोत्तरी लोहारपट्टी नगरपालिका. वडा नं. ८ भ्रमरपुरा बस्ने ईसराईल राईनलाई हातहतियार खरखजाना मुद्दामा फरार रहेकोमा नीजलाई प्रहरी नायव निरीक्षकको कमाण्डमा खटेका टोलीले जनकपुरधामको वडा नंं ८ भ्रमरपुरा चौकवाट हिजो पक्राउँ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्