तपाईँ सुन्दै हुनुहुन्छः

पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्डमा गएको पहिरो हटाएर राजमार्ग एकतर्फी सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

आँबुखैरेनी–मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा सुक्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको थियो । गत महिना असार ८ गते राति पनि ऐनापहरामा सुक्खा पहिरो खसेको थियो ।

सडकभन्दा माथिको डाँडाबाट ढुङ्गा खसेपछि राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

पहिरो संगै खसेको ढुङ्गा पन्छाएर राजमार्ग पुर्ण रुपमा सञ्चालन गराउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमल्सिनाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘ढुङ्गा हटाउन बाँकी रहेको छ । ढुङ्गा हटाएपछी दुईतर्फी नै सञ्चालनमा आउँछ ।’

पृथ्वी राजमार्ग मै पर्ने बन्दिपुर–१ नाहालामा भासिएको सडकको मर्मत सम्पन्न भएर राजमार्ग सुचारु हुने बित्तिकै आबुखैरेनीमा पहिरो खस्दा यात्रुलाई समस्या परेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button