प्रदेश १ : थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि

सुनसरी । प्रदेश १ मा आज थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार आज मोरङमा आठ जना र सुनसरीमा एक जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
मोरङको विराटनगरको ४, ६ र १६ नम्बर वडा तीन पुरुष, एक महिला, मिक्लाजुङमा दुई पुरुष, सुनबर्षीमा एक पुरुष, रंगेलीमा एक महिला र सुनसरीको धरानमा एक पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले बताउनुभयो ।
योसँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या नौ सय ७५ पुगेको छ । आठ सय ६९ जनाको पीसीआर परीक्षण गरिएकामध्ये दुई महिला र सात पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता डा.मेहताले बताउनुभयो ।
प्रदेश १ मा हालसम्म ४१ हजार सात सय १० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्