तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीका विभिन्न स्थान पहिरोको जोखिममा

बैतडी – लगातारको बर्षाले बैतडीका विभिन्न स्थानमा पहिरोको जोखिम बढेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना अनुसार जिल्लाका आठ वटा स्थानीय तहमा पहिरोको उच्च जोखिम छ ।

केही ठाउँमा पहिलादेखि नै पहिरोको जोखिम छ भने केही ठाउँमा डोजरले पहिरो निम्त्याएको स्थानीय बासिन्दाहरूले बताएका छन् ।

जिल्लाको डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, पुर्चौंडी नगरपालिका र मेलौली नगरपालिकाका विभिन्न स्थानमा पहिरोको उच्च जोखिम छ ।

ठुलो पानी परिरहेकाले दोगडाकेदार गाउँपालिकाको डोलमा पहिरो बग्न थालेको स्थानीय लोकराज जोशीले जानकारी दिनुभयो । प्रत्येक वर्ष पहिरोले क्षति पुर्‍याउने गरेको उहाँले बताउनुभयो ।

बर्सातको समयमा हुन सक्ने विपद्का घटना न्यूनीकरणका लागि सुरक्षा निकाय चनाखो रहेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button