तपाईँ सुन्दै हुनुहुन्छः

मास्क नलगाउने १ सय २३ जना कारबाहीमा


राजविराज । मास्क नलगाई सार्वजनिक स्थलमा हिँडडुल गर्ने १ सय २३ जनालाई सप्तरी प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि सार्वजनिक स्थलमा मास्क नलगाई हिल डुल गर्नेलाई कारबाही गर्ने दुई दिन अघि जारी गरेको सूचनालाई अटेर गरी हिँडडुल गरेपछि नियन्त्रणमा लिई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

जिल्लाको विभिन्न स्थानहरूबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । हाट, बजार र पूर्व–पश्चिम राजमार्गबाट नियन्त्रणमा लिएका १ सय ५ जनाबाट प्रति व्यक्ति एक सय रुपैयाँ जरिवाना तिराएर छोडिएको छ भने १८ जनालाई सम्झाई बुझाई छाडिएको प्रहरीले जनाएको छ । सो जरिवाना बापत १० हजार पाच सय राजस्व सङ्कलन भएको प्रशासकीय अधिकृत आनन्द ठाकुरले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले सङ्क्रमण नियन्त्रणका लागि गत आइतबार सूचना जारी गरी अनिवार्य रूपमा मास्क प्रयोग गर्न भनिएको थियो । सूचनामा मास्क नलगाउनेलाई कारबाही गर्ने चेतावनी समेत दिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button