कालिकोटको नरहरीनाथमा बाढी र पहिरोमा परि एकै घरका सात सहित नौ जनाको मृत्यु

कालिकोट । गए रातिको अविरल वर्षा पछिको बाढी पहिरोले कालिकोटको नरहरिनाथ गाउँपालिकामा ठुलो जनधनको क्षति भएको छ । गाउँपालिकाको वडा नं ७ गाबामा एक घर पुरिँदा एकै घरका ११ जना परिवार मध्ये सात जना पुरिएका छन् । पुरिएका मध्ये ६ जना मृत अवस्थामा प्रहरीले भेटाएको छ । गंम्भिर अबस्थामा प्रहरीले उद्धार गरी कुमालगाउँ प्राथामिक स्वास्थ्य केन्द्रमा पुर्याएकी बिमला बुढाको पनि स्वास्थ्य केन्द्रमै मृत्यु भएको छ ।
गाबामा रहेको बेपत्ता घर मुुली गंगे बुढाको घर भत्किदा उनका श्रीमती सहित नावालक छोराछोरी, नाति नातिना र बुहारी बेपत्ता भएका थिए । गंगे बुढाका घरका ४ जना शकुसल रहेका छन् । नरहरिनाथ वडा नं ७ बागाका ६५ वर्षका गंगे बुढा निजको श्रीमती नैना बुढा, बुहारी २४ वर्षकी सिता बुढा, नातिनी १० वर्षकी चन्द्रीका बुढा, नाति ७ वर्षका राम बुढा, नाति डेढ वर्षको चरित्र बुढा को शव भेटिसकेको कालिकोट प्रहरीले जनाएको छ ।
घरमा पुरिएका घाइते बिमला बुढाको गंंम्भिर अवस्थामा उद्धार गरी कुमालगाउँमा रहेको प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा ल्याएका थियौ त्यही मृत्यु भएको नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष मनसोभा बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार नरहरिनाथ गाउँपालिकाको वडा नं ४ को गोठीमा रहेको बाले बुढाको घर भत्किदा उनी र उनको श्रीमती मना बुढा पनि बेपत्ता भएका थिए उनको पनि प्रहरीले मृत अवस्थामा शव भेटाएको बताइएको छ । उहाँका अनुसार नरहरिनाथ गाउँपालिकाका बिभिन्न ठाउँमा गएको पहिरोमा परि ९ जना को मृत्यु भएको छ ।
ठाउँठाउँमा प्रहरी र युवा स्वयंमसेवक परिचालन गरेर बाढीको क्षतिको रिपोर्ट संकलन गर्ने काम भइरहेको छ । त्यस्तै वडा नं ४ कै माथिल्लो भाग रिग्ने पानीमा बाख्रा पालन गरि रहेका रत्न भण्डारा र र उनकी श्रीमती कुन्का भण्डारा पनि घर भत्किदा घाइते भएका छन् । उनका तीस बाख्रा पुरिएका छन् । उनीहरुलाई उपचारका लागी स्वास्थ्य केन्द्र कुमालगाउँमा ल्याइएको उपाध्यक्ष बुढाले बताउनु भयो । उपाध्यक्ष बुढाका अनुसार साविक रुप्सा नरहरिनाथ ५ को भाटगाउँमा प्रेम बुढा र धन बहादुर बोगटीको घर भत्कदा लाखौको धनमाल क्षति भएको छ । बाढिले गोठ बगाउदा रुप्साकै नन्द सहकारीको एक भैसी पनि बगेको छ । जिल्ला भरी बाढी र पहिरोले ठुलो धनमालको क्षति भएको छ ।
उता रास्कोट नगरपालिकाको वडा नं १ को तुसार खोलामा आएको बाढीले घर बगाउदा बेपत्ता भएका जय बहादुर शाही मृत अवस्थामा भेटिएका छन् भने अन्य पाच भने बेपत्ता नै रहेका छन् । गत आइतवार नरहरीनाथको खुलालुमा बेपत्ता भएका नरहरिनाथ ८ लालुका पारस भण्डारा पनि बेपत्ता रहेका छन् । उता तिलागुफा नगरपालिका ८ टाकुल्ला खोलामा बगेर बेपत्ता भएका खाडाचक्र नगरपालिका ५ का वर्ष ६५ का अबिसरा शाही पनि बेपत्ता रहेका छन् उनीहरुको खोजि कार्य जारी रहेको प्रहरीले बताएको छ । बाढीका कारण ठाउँठाउँमा बाटो भत्कीएको र पुलपुलेसा समेत बगाएकाले आवतजावतमा कठिनाइ भएको र उद्धार कार्यमा समस्या भएको कालीकोट प्रहरी प्रमुख डिएस्पी श्याम बाबु ओलीयाले जानकारी दिनु भयो ।






प्रतिक्रिया राख्नुहोस्