तपाईँ सुन्दै हुनुहुन्छः

कालीकोट पहिरो अपडेट : एकै परिवारका ७ सहित ९ जनाको मृत्यु

सांकेतिक तस्बिर

कालीकोट । कालीकोटको नरहरिनाथ–७ माल्कोट बागामा गएको पहिरोमा परी एकै परिवारका ७ सहित ९ जनाको मृत्यु भएको छ ।

मंगलबार राति खसेको पहिरामा परेर राति सुतिरहेका एकै घरका सात जनासहित ९ जनाको मृत्यु भएको मृत्यु भएको हो । पहिरोमा पुरिएका माल्कोट बागाका ६२ वर्षीय गंगे बुढा, उनकी ६१ वर्षीया पत्नी नैना, बुहारी २४ वर्षीया कुशा बुढा, नातिनी १० वर्षीया चन्द्रिका बुढा, नातिहरु ७ वर्षीय रामबहादुर बुढा र डेढ वर्षका चरित्र बुढाको मृत्यु भएको हो । त्यस्तै पहिरोमा परी घाइते भएकी १२ वर्षीया बिमला बुढाको पनि उपचारका क्रममा मृत्यु भएको छ ।

त्यस्तै, नरहरिनाथ गाउँपालिका वडा नम्बर ४ माझगोठीमा पहिरोमा परेर बेपत्ता भएका ७० वर्षीय बाले बुढा र उनकी पत्नी ६५ वर्षीया मना बुढाको पनि शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button