तपाईँ सुन्दै हुनुहुन्छः

कक्षा ११ को परीक्षा भदौ महिनाभित्र

अछाम । अछाम सदरमुकाम मंगलसेनमा रहेको अछाम बहुमुखी क्याम्पसले कक्षा ११ को परीक्षा आउँदो भदौमा महिना भित्रमा सञ्चालन गर्ने निर्णय गरेको छ । क्याम्पसमा सम्पन्न बैठकले परीक्षा बोर्डको कार्यविधि अनुसार नियमित र आंशिक ग्रेडवृद्धिको परीक्षा अछाम क्याम्पसमै एकैसाथ सञ्चालन गरिने तय भएको क्याम्पस प्रमुख छत्रबहादुर विष्टले जानकारी दिनुभयो । परीक्षाको तालिका केही दिनमा क्याम्पसले प्रकाशन गर्ने बताईएको छ ।

गत बैशाखमा सञ्चालन हुने गरि परीक्षा तालिका सार्वजनिक भएको कक्षा ११ र १२ को परीक्षा कोरोना महामारिका कारण स्थगित भए पछि सरकारले कक्षा ११ को परीक्षा सम्बन्धित विद्यालयले सञ्चालन गर्ने निर्णय गरि कार्यविधि तयार पारिसकेको छ ।

परीक्षा बोर्डको कार्यविधि अनुसार परीक्षा सञ्चालनका लागि क्याम्पस प्रमुख छत्रबहादुर विष्टको संयोजकत्वमा एक समिति गठन गरिएको छ । उक्त समितिले परीक्षा सम्बन्धि काम गर्ने जिम्मेवारी पाएको छ । परीक्षा सञ्चालन हुने भएपछि उक्त क्याम्पसमा कक्षा ११ मा अध्ययन गर्ने नियमित र आंशिक विद्यार्थीलाई परीक्षाको लागि तयारी अवस्थामा रहन र थप जानकारी चाहिए क्याम्पसमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

क्याम्पसमा भएको उक्त बैठकमा क्याम्पस प्रमुख सहित क्याम्पस उपप्रमुख ध्रुवकुमार शाही, प्राध्यापक मानबहादुर बुढा, शंकर रावल, जयबहादुर बोगटी, डम्बर बोगटी, धनकुमार केसी र शिवराज ढुंगानाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button