तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी चौकी स्थापना

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ११ तिङला (रमिते)मा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ ।

प्रहरी सहायक निरीक्षकको कमाण्डमा पाँच जना प्रहरी रहने गरी अस्थायी प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी दिनुभयो । मागको आधारमा प्रहरी चौकी स्थापना गरिएपछि स्थानीयहरुले खुसी व्यक्त गरेका छन् ।

यसअघि करिब दुई घण्टा पैदल दुरीमा रहेको पत्ताले प्रहरी चौकीको कार्यक्षेत्रभित्र पर्ने तिङ्लाको रमिते क्षेत्रमा पटक पटक चोरीलगायत विभिन्न अपराधिक घटना हुने गरेका छन् । रमितेमा एउटा बैङ्क समेत सञ्चालनमा रहेकाले सुरक्षाको हिसाबले ढुक्क हुने अवस्था आएको स्थानीय कर्ण कार्कीले बताउनुभयो ।

तिङ्ला क्षेत्रमा दुई वटा ठूला विद्युत आयोजना समेत निर्माणधीन रहकाले चौकी आवश्यक रहेको स्थानीयको भनाई छ । समाजमा शान्ति सुव्यवस्था कायम नै पहिलो प्राथमिकतामा रहेको प्रहरी निरीक्षक चौहानले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button