तपाईँ सुन्दै हुनुहुन्छः

बाढी आएर बगाउँदा भोजपुरमा बालिका सहित तीन घाइते

भोजपुर । भोजपुरमा अविरल बर्षाका कारण मंगवार बिहान आएको बाढीले टहरा बगाउँदा तीन जना घाइते भएका छन ।

बिहान करिब ६ बजे तिर स्थानिय खोलामा आएको बाढीले जिल्लाको उत्तर षडानन्द नगरपालिका वडा नम्वर २ मा रहेको पसल संचालन गर्न बनाएको टहरा बगाउँदा त्यहाँ बसेका २४ बर्षिय अमृत घले, उनको श्रीमती २० बर्षिया अनिषा घले र १८ महिनाकी छोरी आयुषा घलेलाई समेत बगाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

उनीहरुलाई प्रहरी चौकी कुदाककाउलेबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा गएको प्रहरी टोलीले खोजी गरी उद्धार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी प्रहरी निरीक्षक प्रदिप लामाले जानकारी दिनुभयो । बालिकाको अवस्था सामान्य रहेको पनि बाबुआमालाई भने उपचारका लागि दिङला पठाइएको प्रहरी निरीक्षक लामाले बताउनुभयो ।

बाढीका कारण घर पसलमा गरी करिव डेढ लाख बरावरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button