गुँहीगाड खोलामा बाढी आउदा बुढीगंगा नदी थुनियो, स्थानिय त्रसित
बाजुरा । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाको नजिकै रहेको गुईगाड खोलामा बाढी आउँदा बुढीगंगा नदी थुनिएको छ । गईगाड खोला निकै धेरै बढेपछी बुढीगंगा नदी झण्डै ७५ प्रतिशत थुनिएको स्थानीय कांशीराम उपाध्यायले जानकारी दिनुुभयो नदी थुनिन थालेपछी त्यहाका स्थानीय त्रसित बनेका छन ।
बुढीगंगा नदि ताप्रीसेरा बगरमा थुनिन थालेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दान बहादुर रोकायाले बताउनु भयो । बुढीगंगा थुनिए संगै अछामसम्म असर पर्ने भएको छ । अछामको साफेँबगर सम्मका स्थानीयलाइ सचेत हुन जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बाजुराको बुढिगंगा नदि थुनीएसंगै अछामको साफेँबगर, बुढाबगर समेत असर पुग्ने भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सबैैलाइ सचेत हुन जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । यस अघिका बर्षबाट सोही नगरपालिकाको द्धारीमा थुनिदै आएको छ । त्यसैगरी बडीमालिका नगरपलिकाको सेलाघाटमा नदी कटानमा पर्दा बडीमालिका नगरपािलका वडा नं ९ मछाँइना चौराटाका दर्जन बढी घर पहिरोको उच्च जोखिममा परेका छन् ।
त्यसैगरी बुढीगंगा नगरपािलका वडा नं–१ अमकोट मा भिषण पहिरो जांदा यातायात ठप्प भएको छ । मान्छे आवागमन गर्ने बाटो पनि नहुंदा धुरायलसैनका गाउँ भएर पैदल बाटो हिड्न बाध्य भएको यात्रुको गुनासो छ ।








प्रतिक्रिया राख्नुहोस्