तपाईँ सुन्दै हुनुहुन्छः

अपडेट : बागलुङमा पहिरो, चार जनाको मृत्यु

पर्वत । अबिरल वर्षाका कारण घरमाथी पहिरो खस्दा बागलुङमा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार तमानखोला २ खोलेसोबाङका पानबहादुर विकको घर पुरिँदा १२ वर्षिय छोरी रिता विक र १३ वर्षिय छोरा खिमवहादुर विकको मृत्यु भएको छ । दुई बालबालिकासँगै सुतेकी आमा ३४ वर्षीय होमकुमारी विक भाग्न खोज्दा घाईते हुनुभएको छ ।

निसीखोला गाउँपालिका वडा नम्बर १ मा कमल परियारको घर पुरिँदा उहाँका छोरा ५ वर्षिय समिर परियारको मृत्यु भएको प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । घरमा रहेका आमा र छोरी भागेर बाँच्न सफल भएका छन् । तमानखोलामा आज बिहान ३ बजेतिर र निसीखोलामा भने गएराती खसेकोे पहिरोले मानवीय क्षती भएको रेग्मीले बताउनुभयो । यस्तै निसीखोला गाउँपालिका ६ मा एक ५० वर्षिय महिलाको शव पनि भेटिएको छ । शवको पहिचान नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button