निर्वाचनमा हुने अनियमित खर्च रोक्नुपर्नेमा सांसदहरुको जोड
निर्वाचनको समयमा हुने अनियमित खर्च रोक्नुपर्नेमा सांसदहरुले जोड दिनुभएको छ ।
निर्वाचन आयोगको वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल गर्न आज सिंहदरबारमा बसेको प्रतिनिधि सभाराज्य व्यवस्था तथा सुशासन समितिको आज सांसदहरुले निर्वाचनमा हुने अधिक खर्चले भ्रष्टाचार, अनियमितता र निष्ठाको राजनीतिमा समेत प्रश्न उठ्ने गरेको बताउनु भयो ।
उहाँहरुले आगामी निर्वाचनमा खर्च कम हुने प्रक्रिया अवलम्वन गर्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनमा हुने खर्च कम गर्न आयोगले खर्चको मापदण्ड तोक्ने गरेको उल्लेख गर्नुहुँदै त्यसमा राजनीतिक दल र उम्मेद्धारको आचरणगत व्यवहारले समेत फरक पार्ने बताउनुभयो ।
प्रमुख आयुक्त थपलियाले निवार्चन आयोग रणनीतिक रुपमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मितव्ययी बनाउने काममा निरन्तर लागिरहेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्