शेयर धितो राखेर ७० प्रतिशतसम्म ऋण पाइने
काठमाडौं । अब शेयर धितो राखेर ७० प्रतिशतसम्म ऋण लिन पाइने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भएको व्यवस्थालाई कार्यान्वय गर्नका लागि बैंक तथा वित्तीय संस्थालाई दिएको निर्देशनमा त्यस्तो व्यवस्था गर्न भनिएको हो ।
यसरी प्रवाह हुने कर्जाको हकमा सुरक्षण बापत राखिने सेयरको मूल्यांकन गर्दा नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट प्रकाशित पछिल्लो १२० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो रकमको बढीमा ७० प्रतिशत रकमसम्म मात्र सेयर धितो कर्जा प्रवाह गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
एक पटक प्रवाह गरिसकेको यस्तो कर्जाको सुरक्षणमा रहेको सेयरको पुनरमूल्यांकन गरी सोको आधारमा थप कर्जा सीमा कायम गर्न वा थप कर्जा प्रदान गर्न भने पाइने छैन् । यसअघि शेयर धितोमा राखेर ६५ प्रतिशतसम्म ऋण लिन पाइने व्यवस्था थियो ।








प्रतिक्रिया राख्नुहोस्