तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा करेन्ट लागेर एक बालकको ज्यान गयो

सल्यान । सल्यानमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका वडा न ७ का १४ वर्षीय टोपेन्द्र बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

शारदा नगरपालिका वडा न ६ भट्टाचौरस्थित आँप खान रुखमा चढेको सयममा करेन्ट लागेर रुखबाट लडि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताउनुभयो ।

सोमवार दिउँसो आँप खान रुख चडेका उनको करेन्टको झट्काले फाल्दा रुखबाट लडेका थिए । मृत्तकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button