ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
हेटौंडा बजारबाट फलामे छडी बोकेर बागमती गाउँपालिका जाँदै गरेको ना५त ८०८८ नम्बरको ट्याक्टर हटियामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बागमती गाउँपालिका–६ का वर्ष ५५ का शंखर लोप्चार र बागमती गाउँपालिकाकै वडा नम्बर ८ का वर्ष १७ का सुजल नेगी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सोही दुर्घटनामा परी घाइते भएको मनोज जिम्बाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। तीनै जना ट्याक्टरमा सवार थिए। ट्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्