तपाईँ सुन्दै हुनुहुन्छः

सत्ती भन्सार कार्यालयबाट ११ दिनमै लक्ष्यको दोब्बर राजश्व संकलन

टीकापुर, कैलाली । कैलालीको सत्ती भन्सार कार्यालय खक्रौलाबाट ११ दिनमै साउन महिनाको लक्ष्यको दोब्बर राजश्व संकलन भएको छ । भन्सार कार्यालयले साउन महिनामा ३६ लाख राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा ११ दिनमै ७४ लाख राजश्व संकलन भइसकेको छ ।

राजश्व चुहावट नभएका कारण राजश्व संकलन लक्ष्यभन्दा बढी संकलन भएको सत्ति भन्सार खक्रौलाका प्रमुख रामराज प्रसाद चौरसियाले जानकारी दिनुभयो । यो महिनाको अझै १९ दिन बा“की रहेकाले लक्ष्यको तेब्बर राजश्व संकलन हुने प्रमुख चौरसियाले बताउनुभयो ।

अघिल्लो आर्थिक वर्षको असार महिनामा पनि ६० लाख ८३ हजार राजश्व उठाउने लक्ष्य लिएकोमा १ करोड २१ लाख राजश्व उठेको थियो । साउन महिनाको आजसम्म उक्त नाका भएर १० टन मोटा चामल भित्रिएको उहाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button