निर्वाचनमा हुने अनियमित खर्च रोक्नुपर्नेमा सांसदहरूको जोड

काठमाडौं । निर्वाचनको समयमा हुने अनियमित खर्च रोक्नुपर्नेमा सांसदहरुले जोड दिनुभएको छ ।
प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिको निर्वाचन आयोगको वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल गर्न आज सिंहदरवारमा बसेको बैठकमा सांसदहरुले निर्वाचनमा हुने अधिक खर्चले भ्रष्टाचार, अनियमितता र निष्ठाको राजनीतिमा समेत प्रश्न उठ्ने गरेको भन्दै आगामि निर्वाचनमा खर्च कम हुने प्रक्रिया अवलम्वन गर्नुपर्नेमा जोडदिनुभयो ।
सांसदहरुले यस अघिको निर्वाचनमा मतदाताको नामावली दोहोरिने, स्थानीय तहको निर्वाचनमा अधिकांश वडामा दलित सदस्य निर्वाचित नहुने समस्या देखिएकाले समस्याको निराकरण गर्न निवार्चन आयोगले पहल गर्नु पर्ने बताउनुभयो ।
बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनमा हुने खर्च कम गर्न आयोगले खर्चको मापदण्ड तोक्ने गरेको भन्नुहुंदै यसमा राजनीतिक दल र उम्मेद्धारको आचरणगत व्यवहारले समेत फरक पार्ने बताउनुभयो ।

प्रमुख आयुक्त थपलियाले पहिलेको भन्दा नामावली दोहोरीने क्रम घटेको भन्नुहुंदै यसलाई शुन्यमा झार्ने गरि काम थाल्ने बताउनुभयो ।
बैठकममा प्रमुख आयुक्त थपलियाले वडामा दलित सदस्य निर्वाचित नहुनुको कारण कुनै ठाउंमा जनसंख्यानै नभएको भेटिएको र कुनैठाउंको विवरण आउन बाँकी रहेको जानकारी दिनुभयो ।
प्रमुख आयुक्त थपलियाले निवार्चन आयोग रणनीतिक रुपमा निर्वाचनलाई स्वच्छ, निस्पक्ष, स्वतन्त्र र मितव्ययी बनाउने काममा निरन्तर लागिरहेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्