सुन तोलाको एक लाख नजिक !एकैदिन १२ सयले बढ्यो

काठमाडौं । सुनको मुल्य आज सोमबार फेरी नयाँ रेकर्ड कायम गरेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १२ सय रुपैयाँले बढेर प्रतितोला मूल्य ९७ हजार ५ सय पुगेसँगै नयाँ रेकर्ड कायम भएको हो । यसअघि आइतबार अहिलेसम्मकै उच्चमूल्य ९६ हजार ३ सय थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोला एक हजार २ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपालमा पनि बढेको महासंघले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्