सिद्धार्थ राजमार्गमा तीन ठाउँमा पहिराे, बुटवल–पाल्पा सडक अवरुद्ध
सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड पहिरोले अवरुद्ध भएको छ ।
भारी वर्षापछि माथिल्लो सिद्धबाबा मन्दिर नजिक, दोभानको नाग मन्दिर र झुम्सा पुल नजिकै पानी मिलमा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।
सडक अबरुद्ध भएपछि कास्की, बागलुङ, पर्वत, स्याङजा, पाल्पा, गुल्मी, र अर्घाखाँचीबाट बुटवललतर्फ आवतजावत गर्ने सवारी साधनहरु बीचमै रोकिएका छन् ।
उक्त स्थानमा अहिलेपनि वर्षा रोकिएको छैन । पहिरो पन्छाएर सडक खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्