तपाईँ सुन्दै हुनुहुन्छः

फ्रेन्ड्स क्लबले चाँगुनारायणमा फुटबल ट्रेनिङ सेन्टर बनाउने

काठमाडौं । ए डिभिजन क्लब फ्रेन्ड्सले भक्तपुरको चाँगुनारायण नगरपालिकामा फुटबल ट्रेनिङ सेन्टर बनाउने भएको छ ।

शीर्ष डिभिजनको क्लब भएरपनि अभ्यास गर्ने मैदान समेत नभएको फ्रेन्ड्सले भक्तपुरको मानेडाँडा क्षेत्रमा रहेको सार्वजनिक जग्गामा ट्रेनिङ सेन्टर बनाउने भएको हो ।

भक्तपुरमा आफ्नै मैदान बनाउने र होस्टेल सहितको ट्रेनिङ गराउने उदेश्य सहित जग्गा प्राप्तिको प्रक्रिया अघि बढेको फ्रेन्ड्स क्लबका अध्यक्ष राजीव पौडेलले जानकारी दिनुभयो ।

स्थानीय निकाय सँग क्लबलाई करिब २५ रोपनी जग्गा २५ वर्षका लागि निशुल्क प्रयोग गर्न दिने सहमति प्रदान गरेको छ ।

एसियाली फुटबल महासंघ (एएफसी)को क्लब लाईसेन्स लिन एकेडेमी सहितको आफ्नै खेल मैदान लगायतका विभिन्न सर्त क्लबहरुले पालना गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button