तपाईँ सुन्दै हुनुहुन्छः

स्वअध्ययन गराउनका लागि कार्यमुलक पुस्तिका तयार

तुलसीपुर । कोभिड १९ को संक्रमणका कारण घरमै बसिरहेका बालबालिकाहरुलाई स्वअध्ययन गराउनका लागि दाङको तुलसीपुर उपमहानगरपालिकाले कार्यमुलक पुस्तिका तयार गरेर वितरण गरेको छ ।

विद्यार्थीहरुलाई घरमै अभिभावकले सिकाउन सक्ने गरी यस्तो पुस्तिका तयार पारेर वितरण गरिएको शिक्षा महाशाखाले जानकारी दिएको छ ।

बाल विकास कक्षादेखि कक्षा ८ सम्मका विद्यार्थीहरुलाई लक्षित गरेर यस्तो पुस्तक प्रकाशन गरिएको हो ।

महाशाखा प्रमुख भाष्कर गौतमले वैकल्पिक सिकाइ विधिका बारेमा अध्ययन गरेर रेडियो, टेलिभिजन लगायतका साधनको पहुँचमा नभएका विद्यार्थीहरुलाई यस्तो पुस्तक वितरण गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button