तपाईँ सुन्दै हुनुहुन्छः

वडा कार्यालयमा तोडफोड, अध्यक्षमाथि कुटपिट

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ को वडा कार्यालयमा तोडफोड तथा वडाध्यक्षमाथि कुटपिट र हातपात भएको छ ।

आइतबार कार्यालय समयमा वडाध्यक्षको कार्यकक्षमा अनाधिकृत रूपमा प्रवेश गरेको अराजक व्यक्तिहरूको समूहले कार्यालयमा तोडफोड र वडाध्यक्ष बहादुर सिंह महरा माथि कुटपिट गरेको शुक्लाफाँटा नगरपालिकाले जनाएको छ ।

नगर कार्यपालिकाद्वारा जारी गरिएको विज्ञप्तिमा घटनाको भर्त्सना गर्दै घटनामा संलग्न जोसुकै भएपनि उनीहरूको खोज तलास गरी कडा भन्दा कडा कारबाहीको माग गरिएको छ ।

वडा कार्यालयमा तोडफोड र वडाध्यक्ष माथि कुटपिट तथा हातपात भएको घटना प्रति शुक्लाफाँटा नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button