तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा पिकअपलाई ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु, पाँच घाइते

रुपन्देही । रुपन्देहीको सैनामैनामा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

सैनामैना–१ बनकट्टामा भएको दुर्घटनामा परी प्युठान स्वर्गद्वारी नगरपालिका ६ बस्ने ४० वर्षीय होमबहादुर घर्ती मगरको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी गराएको छ ।

बुटलदेखि पश्चिमतर्फ जाँदै गरेको लु२च २०२१ नम्बरको पिकअपलाई विपरीत दिशाबाट आउँदै गरेको लु १ ख ४७९५ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी प्युठान स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ का ३६ वर्षीय खेमराज परियार, २५ वर्षका यमराज घर्ती मगर, ३५ वर्षकी चनु घर्ती मगर, पिकअपका चालक २३ वर्षका तेजेन्द्रबहादुर बुढा र दाङ राप्ती गाउँपालिका १ का जोठबहादुर घर्ती मगर घाइते भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button