तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य अहिलेसम्मकै महँगो तोलाको ९६ हजार ३ सय रुपैयाँ

काठमाडौं । सुनको मूल्यले आइतबार नयाँ रेकर्ड कायम गरेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अहिलेसम्मकै महँगो तोलाको ९६ हजार ३ सय रुपैयाँ पुगेको छ ।

शुक्रबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोलामा ५ सय रुपैयाँले बढेर ९६ हजार ३ सयमा कारोबार भैरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९५ हजार ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button