तपाईँ सुन्दै हुनुहुन्छः

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी ऐन कार्यान्वयन हुने

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी ऐनको कार्यान्वयन अब छिट्टै हुने भएको छ ।

सरकारले नेपालमा विदेशी लगानी तथा प्रविधि भित्र्याएर नेपालको विकासलाई अघि बढाउने उद्देश्ले ल्याएको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी ऐनमा रहेका व्यवस्थाहरु नियमावलीको अभावमा कार्यान्वयनमा जान सकेका थिएनन् ।

सरकारले सन् २०१९ मा गरेको अन्तराष्ट्रिय लगानी सम्मेलनको क्रममा तयार भएको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी ऐनमा लगानीलाई सहजीकरण गर्ने गरी विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी ऐन ल्याएको थियो ।

उद्योग मन्त्रालयले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी ऐनको कार्यान्वयनका लागि आवश्यक नियमावली तयार पारी हालै मन्त्रिपरिषदमा पठाएको र पारित भए लगतै ऐन पूर्ण रुपले कार्यान्वयनमा आउने उद्योग सचिव चन्द्रकुमार घिमिरेले बताउनु भयो ।

ऐन तथा नियमावलीमा नेपालमा लगानीका लागि विगतमा भएका भन्दा धेरै उदार व्यवस्था गरी धेरै क्षेत्रमा लगानी खुल्ला गरिएको छ भने कतिपय क्षेत्रमा विदेशी लगानी शतप्रतिशतसम्म गर्न सकिने व्यवस्था गरिएको छ ।

ऐनले नेपालको उद्योग, औद्योगिक क्षेत्र र सेवा क्षेत्रमा समेत विदेशी लगानी खुल्ला गरेकोले ऐनको कार्यान्वयनबाट नेपालमा विदेशी लगानी बढाउन र नेपालको डुइङ विजनेशमा नेपालको स्तर माथि उठाउन तथा मुलुकको आर्थिक वृद्धिमा पनि ठोस मद्दत पुग्ने सचिव घिमिरेले बताउनु भयो ।

लगानीको उदार व्यवस्थासँगै सरकारले त्यसका लागि आवश्यक पूर्वाधारको निर्माणमा समेत जोड दिएको उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button