वर्षाले तरकारी बालीमा क्षति, बजारमा मूल्य अधिक
सुनसरी । सुनसरीमा वर्षाका कारणले तरकारीबालीमा क्षति भएपछि हरियो तरकारीको मूल्य अधिक बढेको छ ।
यसपाली सिजनमा तरकारी उत्पादन बढे पनि लगातारको वर्षाका कारण एक साताको फरकमा तरकारीको मूल्य दोब्बर भएको हो ।
सुनसरीको विभिन्न क्षेत्रमा वर्षाको पानीले तरकारी बाली लगाएको क्षेत्र डुबानमा परेकाले तरकारी बालीमा क्षति भई हरियो तरकारीको मूल्य एक्कासी बढेको हो ।
भोक्राहा नरसिंह, कोशी, इनरुवा, हरिनगर, देवानगञ्ज, वर्जु र गढी सहितका किसानले लगाएको तरकारीबालीमा वर्षाको कारणले क्षति भएपछि स्थानीय हाट र बजारमा हरियो तरकारीको मूल्य बढेको सेवाग्राही बिरेन्द्र साहले बताउनुभयो ।
बजारमा तरकारीको भाउ अधिक बढेपछि किसान चिन्तित बनेका छन् । फल्न नसक्ने गरी बारीमै तरकारी नष्ट भएकाले चिन्ता थपिएको किसान भुवनेश्वर यादवले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्