तपाईँ सुन्दै हुनुहुन्छः

राजविराज अस्पतालका १४ कर्मचारी क्वारेन्टिनमा

राजविराज । अस्पतालमा भर्ना भएका एकजना बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका १४ जना कर्मचारीहरुलाई क्वारेन्टिनमा राखिएको छ ।

बिरामीमा कोरोना संक्रमण देखिएपछि शुक्रबार साझदेखि सिल गरिएको अस्पतालको आकस्मिक कक्ष भने शनिबार बिहानदेखि सुरु भएको छ ।

विष खाएर उपचारका लागि ल्याइएका तिलाठी कोइलाडी गाउँपालिका–२ का ५० वर्षीय पुरुषमा शुक्रबार संक्रमण पुष्टि भएको थियो । आकस्मिक कक्षमा उपचार भइरहेका उनमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक कक्षमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीसहित १४ जनालाई क्वारेन्टिनमा राखिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले बताउनुभयो ।

डा. झाका अनुसार उनीहरु सबैलाई राजविराजस्थित एक होटेलको क्वारेन्टिनमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button