तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चारकर्मी शर्माद्वारा नागरिक फार्मेसी सञ्चालन

झापा । सर्वसाधारण नागरिकलाई सुलभ ढंगले औषधीय सेवा दिने उद्देश्यले झापा भद्रपुरका सञ्चारकर्मी पंकजकुमार शर्माले शनिबारदेखि नागरिक फार्मेसी सञ्चालनमा ल्याउनुभएको छ ।

दुई दशकभन्दा लामो समयदेखि आयुर्वेदिक स्वास्थ्यमा प्रशस्त अनुभव बटुलिसकेका पत्रकार शर्मा पहिलोपटक एलोपेथिक उपचारजन्य स्वास्थ्यमा संलग्न हुनुभएको हो ।

भद्रपुरकै युवा व्यवसायी विकास अग्रवालसँगको साझेदारीमा जिल्लाको सदरमुकाम रहेको भद्रपुर ७ को चन्द्रगढीमा नागरिक फार्मेसी सञ्चालनमा ल्याएको शर्माले बताउनु भयो । लेखनाथ चोकमा आफूले सञ्चालन गर्दै आएको पंकज आयुर्वेदिक औषधालयलाई पनि सोही स्थानमा स्थानान्तरण गरेको उहाँले बताउनु भयो ।

शर्माका अनुसार नागरिक फार्मेसीले औषधि व्यवस्था विभागबाट स्वीकृति प्राप्त सबैखाले औषधि सुपथ मूल्यमा सेवाग्राहीलाई उपलब्ध गराउने अर्का सञ्चालक विकास अग्रवालले बताउनु भयो ।

पहिलो चरणमा १० लाख रुपैयाँ लगानी गरिएको नागरिक फार्मेसीले औषधि उपलब्ध गराउने मात्र नभई विशेषज्ञ चिकित्सकको सेवा र ल्याबको सेवा पनि उपलब्ध गराउने सञ्चालक शर्माले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button