तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

रुपन्देही । रुपन्देहीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा ट्रकलाई ओभरटेक गर्दे क्रम मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु २३ प ९२०५ नम्बरको मोटरसाइकले सोही दिशातर्फ जाँदै गरेको ना ६ ख ३३६६ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक गुल्मी दरबार गाउँपालिका वार्ड नम्बर २ बस्ने २९ को धनबहादुर बस्नेतको मृत्यु भएको छ ।

बस्नेत उपचारक्रंममा क्रिमसन अस्पताल मणिग्राम मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खडकबहादुर खत्रीले बताउनुभयो ।

ट्रक चालक सल्यान जिल्लाको शारदा नगरपालिका वार्डनम्वर ४ बस्ने ३० वर्षका टङ्क बुढाथोकी नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button