तपाईँ सुन्दै हुनुहुन्छः

छ किलो अफिमसहित दाङमा चार जना पक्राउ

तुलसीपुर । दाङमा छ किलो अफिमसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रोल्पाको सुनछहरी गाउँपालिका–२ निवासी २२ वर्षका लाल सिंह विक, ३२ वर्षका हर्कबहादुर घर्तीमगर, ३२ वर्षका लालमण घर्ती मगर र ३५ वर्षका दजुबहादुर रोका रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

दाङको भालुबाङ रातो डाँडामा रहेको दक्षिणकाली सोल्टी होटेलमा अफिमको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले छ किलो ९६७ ग्राम अवैध लागु औषध अफिमसहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

त्यसै गरी प्रहरीले लु१च ६१७१ नम्बरको बोलेरो जिप, लु४०प९८०६ नम्बरको पल्सर मोटरसाइकल र मोबाइल समेत बरामद गरेको जनाएको छ ।

गत शुक्रवार बिहीबार पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button