तपाईँ सुन्दै हुनुहुन्छः

राजविराज अस्पतालका १४ जना कर्मचारी क्वारेनटाइनमा

राजविराज । अस्पतालमा भर्ना भएका एक जना बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका १४ जना कर्मचारीहरूलाई क्वारेनटाइनमा राखिएको छ ।

बिरामीमा कोरोना सङ्क्रमण देखिएपछि शुक्रवार साँझदेखि सिल गरिएको अस्पतालको आकस्मिक कक्ष भने शनिवार बिहानदेखि सुरु भएको छ ।

विष खाएर उपचारका लागि ल्याइएका तिलाठी कोइलाडी गाउँपालिका–२ का ५० वर्षीय पुरुषमा शुक्रवार सङ्क्रमण पुष्टि भएको थियो । आकस्मिक कक्षमा उपचार भइरहेका उनमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आकस्मिक कक्षमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीसहित १४ जनालाई क्वारेनटाइनमा राखिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.रन्जित झाले बताउनुभयो ।

डा.झाका अनुसार उनीहरू सबैलाई राजविराजस्थित एक होटेलको क्वारेनटाइनमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button