तपाईँ सुन्दै हुनुहुन्छः

डिभिजन प्रमुख महतो घुससहित नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख रामबाबु महतो र उनकी श्रीमती किरण साहलाई ५ लाख ५३ हजार घुस रकम सहित नियन्त्रणमा लिएको छ ।

आज घुस रकम सहित डिभिजन प्रमुख महतो रौतहट तर्फ जान लागेको भन्ने सूचनाका आधारमा आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले गाडीमा लुकाएर राखेको रकम सहित दुबै जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button