तपाईँ सुन्दै हुनुहुन्छः

तत्काल आन्तरिक उडान खोल्न माग

काठमाडौं । नेपाली निजी वायुसेवा कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघले तत्काल आन्तरिक उडान खोल्न माग गरेको छ ।

बाढीपहिरोका कारण सडक यातायात कष्टकर रहेको बताउँदै विकल्पका लागि तत्काल आन्तरिक उडान सुचारु गराउन संघले माग गरेको हो ।

हाल नेपालमा बाढीपहिरोका कारण प्रायः सबै राजमार्ग तथा लोकमार्गका बाटो क्षतिग्रस्त भएको अवस्था छ ।

प्राकृतिक प्रकोपको समयमा हवाइ सेवा मार्फत राहत पुर्याउन उडान खोल्नुपर्ने संघको भनाइ छ ।

संघले आवश्यकताअनुसार नन–सेड्युल फ्लाइट सञ्चालनको लागि अनुरोध गरेको हो । सरकारले भदौ १ बाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button