तपाईँ सुन्दै हुनुहुन्छः

एसिड प्रहार गर्नेलाई कावार्हीका लागि कडा कानुन बनाउने प्रक्रिया थाल्न निर्देशन

काठमाडौं। एसिड प्रहार गर्नेलाई हुने सजाय सम्बन्धमा विद्यमान कानुनको संशोधन गरी कडा कानुन बनाउने प्रक्रिया थाल्न महिला तथा सामाजिक समितिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभा महिला तथा सामाजिक समितिको बालबालिका सम्बन्धी विद्यमान नीतिगत तथा कानुनी प्रावधान, अन्तर्राष्ट्रिय सन्धि, महासन्धि र सोको कार्यान्वयनको अवस्थाका सम्बन्धमा छलफल गर्न आज सिंहदरबारमा बसेको बैठकले सजाय र जरिवानाको रकम कम भएकाले बालिका माथि एसिड प्रहारका घटना दोहोरिएको भन्दै यस्तो अपराध गर्नेलाई हदैसम्मको सजाय हुने गरी कानुन संशोधनको प्रक्रिया थाल्न मन्त्रालयलाई निर्देशन दिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button