तपाईँ सुन्दै हुनुहुन्छः

भद्रपुर रोटरीले दियो स्वास्थ्य चौकीलाई तीन लाखको औषधी

भद्रपुर, झापा । रोटरी क्लब अफ भद्रपुरले झापाको भद्रपुरस्थित एक स्वास्थ्य चौकीलाई औषधि हस्तान्तरण गरेको छ । रोटरीले भद्रपुर–१ स्थित पृथ्वीनगर स्वास्थ्य चौकीलाई करिब तीन लाख मुल्य बराबरको औषधि वितरण गरेको हो ।

ल्कडाउन खुकुलो भए पनि कोरोना भाइरसको जोखिम कायमै रहेकोले अन्यखाले बिरामीले औषधोपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य चौकीलाई अत्यावश्यक औषधि उपलब्ध गराइएको रोटरी अध्यक्ष पराजुलीले बताउनुभयो ।

स्वास्थ्य चौकी परिसरमा एक संक्षिप्त कार्यक्रमका बीच वडा अध्यक्ष दशरथ प्रधानको उपस्थिितिमा स्वास्थ्य चौकीका इञ्चार्ज इन्द्र दाहाललाई औषधी हस्तान्तरण गरिएको रोटरी भद्रपुरका सचिव इश्वर अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button