तपाईँ सुन्दै हुनुहुन्छः

युवतीमाथि एसिड प्रहार गर्ने दुई युवा पक्राउ

काठमाडौं। युवतीमाथि एसिड प्रहार गरेको आरोपमा प्रहरीले काठमाडौंको डल्लुबाट गए राति दुइजर्नालाई पक्राउ गरेको छ । रौतहट लक्ष्मीपुर स्थायी घर भएका हाल काठमाडौं,डल्लु बस्ने मोहमद आलम र काठमाडौं डल्लु बस्ने भारतीय नागरिक मुन्ना महमदलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले काठमाडौको बाफलमा एक जना युवतीलाई एसिड प्रहार गरेका थिए । उनीहरुले आफ्रले मन पराएको केटीले अर्कै केटालाई मन पराएको थाहा पाएपछि ट्वाइलेट–बाथरुम सफा गर्ने एसिड प्रहार गरेको प्रहरीको दावी छ । बिहीबार साँझ डेराबाट दही किन्न भनेर निस्किएकी ओखलढुङ्गा स्थायी घर भएकी २२ वर्षीया युवतीमाथि उनीहरुले एसिडले आक्रमण गरेका थिए ।

महानगरीय प्रहरी अपराध महशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार उनीहरुवीच क्यासिनोमा काम गर्ने क्रममा चिनजान हुँदा भारतीय नागरिकले पवित्रालाई मन पराएको र उनले नमानेपछि एसिड प्रहार गर्न लगाएको प्रारम्भिक बयानमा खुलेको छ । उनीहरुमाथि थप अनुसन्धान हुँदै गरेको प्रहरीको भनाई छ ।

कार्कीले एसिड प्रहार गर्ने व्यक्तिहरुलाई नचिनेको बताए पनि सीसीटीभी फुटेजमा देखिएको हुलियाको आधारमा प्रहरीले दुई जनालाई पक्रन सफल भएको हो।

पक्राउ परेका भारतिय नागरिक मुन्नाले आफूलाई साँहुले एसिड प्रहार गर्न लगाएको बयान दिएका छन् ।

एसिड प्रहार गरेपछि साँहुले आफूलाई भारत जान भनेको पनि उनले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button