तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ बाट १० जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज

विराटनगर । प्रदेश १ बाट आज १० जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँमा उपचाररत १० जना पुरुष डिस्चार्ज भएका हुन । यो सहित प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ७ सय २३ पुगेको सामाजिक विकास मंत्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ५ सय ३४ जनाको कोरोना परीक्षण गरिएको छ । आज सम्म ३८ हजार १ सय ३५ जनाको कोरोना परीक्षण गरिएको मंत्रालयका प्रवक्ता डा सुरेस .मेहताले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button