धनकुटामा २ संक्रमित थपिए, कोरोना संक्रमित संख्या १४ पुग्यो

धनकुटा । धनकुटामा पुनः २ जना कोरोना संक्रमित थपिएका छ । यो संगै कोरोना संक्रमित संख्या जिल्लामा १४ पुगेको छ ।
जिल्लाको छथरजोरपाटी गाँउपालिकाको बैदेशिक रोजगारीमा गएका बहराइन र साउदी बाट फर्केर आएका २ जना यूवाहरुमा बिहिबार कोरोना संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यलयले जनाएको छ । स्वाब संबलन गरी धरान स्थित विपि कोइराला स्वास्थ्य प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणमा गाँउपालिकाको वडा नं २ का ४० वर्षिय पुरुष र वडा नं ३ का ३३ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
बिदेश बाट आएका ६ जना सहित २९ जनाको स्वाब संकलन गरि पीसीआर परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको गाँउपालिकाको स्वस्थ्य शाखा प्रमुख सुन्दरमान डंगोलले जानकारी दिएको छ । दुबै संक्रमित मोरङ गोठ गाँउ स्थित कोभिड हस्पिटल उपचारका लागि पठाइएको छ ।
यस अघि बैदेशिक रोजगारीबाट फर्केका ४ जना मा कोरोना भाइरस पुष्टि भएको थियो । अहिले उनिहरु मोरङ गोठ गाँउस्थित रहेको कोभिट अस्पतालमा उपचाररत रहेका छन् । १४ जना मध्ये ८ जना उपचारपछि निको भएर फर्किसकेका छन् ।








प्रतिक्रिया राख्नुहोस्