तपाईँ सुन्दै हुनुहुन्छः

काँकडभिट्टाका दुई जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि

भद्रपुर, झापा । नेपाल–भारतको सीमा नाका झापाको काँकडभिट्टामा कार्यरत सशस्त्र प्रहरीका दुई जना जवानमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

सीमा सुरक्षा बल काँकडभिट्टा गुल्ममा कार्यरत उनीहरूमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले सशस्त्र प्रहरी काँकडभिट्टाका २१ र ३० वर्षका दुई जना पुरुष प्रहरीमा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । सङ्क्रमित दुवै जनालाई उपचारका लागि सुनसरीको गोठगाउँस्थित कोभिड अस्पतालमा उपचारका लागि पठाइसकिएको उहाँले बताउनुभयो ।

योसँगै, मेचीनगरमा सङ्क्रमितको सङ्ख्या ५१ पुगेको छ । ४६ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button